जनता टाइम्स

१२ श्रावण २०७८, मंगलवार १७:२१

श्रीमान् पक्राउ परेपछि शिल्पाको प्रतिक्रिया : ‘चुनौतीका लागि तयार छु’


काठमाडौं, साउन १२

बलिउड अभिनेत्री शिल्पासेट्टी पति तथा व्यापारी राज कुन्द्रा पोनोग्राफी भिडियो प्रकरणका कारण अहिले विवादमा छन् । उहाँलाई प्रहरीले १९ जुलाईमा पक्राउ गरेको छ । श्रीमान् पक्राउ परेको केही दिनपछि शिल्पाले मौनता तोड्दै सामाजिक सञ्जालमा एक पुस्तकको तस्विर शेयर गर्नुभएको छ । उहाँले आउने हरेक चुनौतीका लागि तयार रहेको स्पष्ट पार्नुभएको छ ।

राज कुन्द्रा पक्राउ परेपछि केही समय शिल्पाले सामाजिक सञ्जालमा कुनै पोस्ट नगरेपनि बिहीबार राति भने इन्स्टाग्राम पेजमा पुस्तकका केही पानाहरू शेयर गर्नुभएको हो । सुरुवातमा अमेरिकी लेखक जेम्स थर्बरको एउटा भनाई उल्लेख छ, ‘रिसमा पछाडि फर्केर नहेर्नुस् या डरमा अगाडी नफर्कनुस्, बरु जागरुतामा चारैतर्फ हेर्नुस् ।’

पुस्तकमा अगाडि लेखिएको छ,‘हामी रिसमा पछाडि फर्केर हेर्छौं र ती मानिसहरुलाई याद गर्छौ, जसले हामीलाई चोट पुर्याएका थिए । ती निराशाहरु र हामीले सहेका ती दुग्भार्यहरु याद गर्छौ । जागिर गुम्नसक्ने, बिरामी पर्नसक्ने वा आफ्नो मृत्युले दुखी हुनसक्ने संभावनाको डरले तड्पन्छौं । तर, हामीलाई जतिबेला ठाउँमा बस्न जरुरी हुन्छ, त्यो यही हो ।’

किताबमा अगाडि लेखिएको छ,‘म एक गहिरो सास लिन्छु । जिउँदो रनका लागि म भाग्यशाली छु भन्ने जान्नका लागि । मैले अतीतमा चुनौतीहरूको सामना गरिसकेको छ र भविष्यमा आउने चुनौतीहरूबाट बच्नेछु । आज मलाई आफ्नो जीवन जिउनबाट विचलित गर्नुपर्ने कुनै चुनौती छैन ।’ यही पोस्टमार्फत शिल्पाले भविष्यमा आउने चुनौतीहरूका लागि तयार रहेको र ती चुनौतीहरूको सामना डटेर गर्ने स्पष्ट गर्नुभएको हो ।