जनता टाइम्स

१२ श्रावण २०७८, मंगलवार १७:०९

माधव नेपाल समूह सरकारमा सहभागी हुने


काठमाडौँ, साउन १२

नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ ।माओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटी बैठकमा सो जानकारी दिनुभएको हो । उहाँले बिहानमात्र नेपालसँग भेटेर छलफल गर्नुभएको थियो ।स्रोतका अनुसार नेपाल समूहलाई कम्तीमा ६ मन्त्रालय, एक वा दुई प्रदेश प्रमुख र राष्ट्रिय योजना आयोगलगायतका निकायमा पनि भाग दिइने तयारी गरिएको छ ।

यस्तै नेपाल समूहले चारवटासम्म राजदूत पनि पाउने भएको छ । एक स्थायी कमिटी सदस्यका अनुसार आफूसँग भेटमा वरिष्ठ नेता नेपालले एमाले एकताको प्रयास पनि चलिरहने भन्दै आफूले सरकारमा सहभागी हुने मन्त्रीको नाम दिने बताएको प्रचण्डले बैठकमा जानकारी गराउनु भएको थियो ।

नेपाल पक्षले पार्टी एकताको नाममा पार्टीलाई उल्झनमा पारिरहने र आफुहरु सरकारमा सहभागि बन्ने प्रयास गरेको एक एमाले नेताले बताउनुभयो । उहाले भन्नुभयो फरक पार्टी राजनीति बृत्तमा एमाले भनिएकाहरु सरकार जाने नजाने विषय तय हुने कुरा लाजमर्दो विषय हो ।