जनता टाइम्स

१२ श्रावण २०७८, मंगलवार २०:३२

राष्ट्रपतिद्वारा दुई प्रदेश प्रमुख पदमुक्त (विज्ञप्तिसहित)


काठमाडौं, साउन १२

राष्ट्रपति विद्यादेवी भण्डारीले दुई प्रदेश प्रमुखलाई पदमुक्त गर्नुभएको छ । उहाँले गण्डकी प्रदेशकी प्रमुख सीता कुमारी पौडेल र लुम्बिनी प्रदेशका धर्मनाथ यादवलाई पदमुक्त गर्नुभएको हो । मन्त्रिपरिषद्को सिफारिसमा उहाँहरुलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।