जनता टाइम्स

१३ श्रावण २०७८, बुधबार ११:३५

सत्तारुढ गठबन्धनको बैठकमा माधवले पठाए प्रतिनिधि


काठमाडौं, साउन १३ । मन्त्रिपरिषद विस्तार तथा सरकारको न्युनतम साझा कार्यक्रमबारे छलफल गर्न प्रधानमन्त्री शेरवहादुर देउवाले बोलाउनु भएको सत्तारुढ गठबन्धनको बैठकमा माधव नेपालले प्रतिनिधि पठाउनु भएको छ । एमाले नफर्किएर सरकारमै जाने निश्कर्षमा रहनुभएका पूर्वप्रधानमन्त्री नेपालले डा. विजय पौडेललाई बैठकमा पठाउनु भएको हो ।

यसअघिको शीर्ष बैठकमा नेपाल आफैं सहभागी हुनुभएको थियो । तर पार्टी एकताको पक्षमा क्रियाशील नेताहरुले वातावरण बिग्रने भन्दै नेपाललाई गठबन्धनका बैठकमा सहभागी नहुन आफ्नै समुहका नेताले दवाव दिएपछि आफू नगई पौडेललाई पठाउनु भएको हो । नेपालले सोमवार प्रचण्डसँगको छलफलमा आफू एमालेमा नजाने र सरकारमै सभागी हुने इच्छा जनाउनु भएको थियो । सोहीअनुसार नेपालले पौडेललाई बैठकमा पठाउनु भएको हो ।