जनता टाइम्स

१३ श्रावण २०७८, बुधबार १३:०५

देउवासँग मन्त्री माग्न विजय पौडेल गएपछि आफ्नै कार्यकर्ताले भने माफिया


काठमाडौं, साउन १३

नेकपा एमालेको माधवकुमारन नेपाल समूहका नेता डा. विजय पौडेल मन्त्री माग्ने बैठकमा सहभागी हुन प्रधानमन्त्री निवास बालुवाटार पुगेपछि उहाँकै कार्यकर्ताले माफियाको आरोप लगाउनुभएको छ । डा. पौडेलहरूकै समूहको अनेरास्ववियूका केन्द्रीय सदस्य हीरा धामीले पौडेल सत्तारूढ दलको बैठकमा सहभागी भएपछि माफिवा बैठकमा गएछ भन्दै फेसबुक मार्फत सार्वजनिक टिप्पणी गर्नुभएको हो ।

उहाँले लेख्नुभएको छ, ‘काठमाडौं–१० उम्मेदवार हुँ भन्ने स्वघोषित नेता माफिया बालुवाटर बैठकमा गएछ।’ सरकारमा सहभागी हुने विषयमा माधव नेपाल समूह विभाजित अवस्थामा रहेको छ । त्यसअघि नेता मानेका कार्यकर्ताले नै बालुवाटार छिरेर मन्त्रीको भागबण्डाको बैठकमा सहभागी भएपछि पौडेलमाथि यस्तो अभियोग लागेको हो ।