काठमाडौँ, १३ साउन । सत्तारुढ गठबन्धनको बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा तत्कालै मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको छ । आजको बैठकमा मन्त्री छान्ने जिम्मा माधव नेपालसहित दलका शीर्ष नेतालाई दिने सहमति पनि भएको छ।
यस्तै बैठकमा न्यूनतम साझा कार्यक्रम कुन खालको बनाउने, कुन मोडालिटीको बनाउने भन्ने विषयमा पनि छलफल भएको छ । बैठकमा कांग्रेसबाट प्रधानमन्त्री देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का र कृष्णप्रसाद सिटौला तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपाबाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र अशोक राई तथा जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी हुनुभएको थियो। त्यस्तै सत्ता गठबन्धनको बैठकमा एमालेको माधव नेपाल समूहबाट डा. विजय पौडेल बैठकमा सहभागी हुनुभएको थियो । मन्त्री छान्ने जिम्मा ३ नेतालाई दिएपछि पार्टी प्रति इमान्दार र बफादार कार्यकता पछाडी पर्ने आसेपासेमात्र मन्त्री बन्ने भएको एक नेताले बताउनुभयो । उहाँले कार्य क्षमता र पार्टीमा गरेको योदानले मन्त्री बन्ने समय गयो अव त मन्त्री बन्नलाई आफ्न्त र पैशावाल हुनुपर्यो एक नेताले भन्नुभयो ।
मन्त्री बनाउने जिम्मा देउवा, नेपाल र प्रचण्डलाई : आसेपासेलेमात्र मन्त्री पाउने पक्का













प्रतिक्रिया दिनुहोस्