जनता टाइम्स

१३ श्रावण २०७८, बुधबार २१:५३

एमाले महासचिव पोखरेल र नेकपाका नेता बाँस्तोलाबीच छलफल



काठमाडौं, असार १३ । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेल र नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य धर्मेन्द्र बाँस्तोलाबीच समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको छ ।

एमाले केन्द्रीय कार्यालय, थापाथलीमा आज साँझ भएको भेटमा समसामयिक राजनीतिक घटनाक्रमका साथै सरकार र नेकपाबीच भएको सहमतिलगायत विषयमा कुराकानी भएको जनाइएको छ ।