काठमाडौं, साउन १४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अव पार्टी कार्यालय थापाथलीबाटै पार्टीको महत्वपूर्ण छलफल तथा भेटघाट गर्न थाल्नुभएको छ । केही दिनदेखि नियमित रुपमा पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट अध्यक्ष ओलीले भेटघाट सुरु गर्नुभएको हो ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले पार्टीको छलफल तथा भेटघाटहरु पार्टीको थापाथलीस्थित केन्द्रीय कार्यालयबाट सुरु गरेको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार आज पनि अध्यक्ष ओलीले केन्द्रीय कार्यालयमा आएर पार्टी नेता तथा कार्यकर्तासँग भेटघाट गर्नुभएको छ । कार्यालय सचिव तामाङले अब पार्टीका सम्पूर्ण बैठक तथा भेटघाट पार्टी केन्द्रीय कार्यालयबाटै हुने कार्यालय सचिव तामाङले जानकारी दिनुभयो ।
उहाँका अनुसार अव अध्यक्ष ओलीको स्वास्थ्यमा कुनैपनि समस्या नरहेको र उहाँ सक्रिय रुपमा कार्यालयमा उपस्थित हुनसक्ने अवस्था रहेकोले यस्तो ब्यवस्था मिलाइएको हो । अध्यक्ष ओलीले केन्द्रीय कार्यालयबाटै भेटघाट थाल्नुभएपछि कार्यालयको व्यवस्थापनलाई पनि व्यवस्थित गरिएको छ ।
‘पार्टी केन्द्रीय कार्यालयमा अलि व्यवस्थित गरेर कुनै अप्ठ्यारो नहोस्, भीडभाड नहोस भन्ने कुरालाई पनि ध्यानमा राखेर कार्यकक्षहरूको व्यवस्था भएको छ । उहाँको भेटघाट गर्ने रुमको व्यवस्था छ । हामीले व्यवस्थित ढंगले नै भेट्ने र अरु पार्टीका कामहरु गर्ने वातावरण केन्द्रीय कार्यालयमा तयार भएको छ,’ केन्द्रीय कार्यालय सचिव तामाङले भन्नुभयो । अध्यक्ष ओलीले हरेक दिन साढे १२ बजे केन्द्रीय कार्यालय आउने समय तालिका बनाउनु भएको छ । पार्टी कार्यालयमा अन्य कामबाहेक दिउसो ३ घण्टा अध्यक्ष ओली रहनुहुनेछ ।













प्रतिक्रिया दिनुहोस्