जनता टाइम्स

१४ श्रावण २०७८, बिहीबार २१:०१

पुरुषहरुमा यी लक्षण यौन दुर्बलताको संकेत हुनसक्छ


एजेन्सी / यौन सम्बन्धित समस्याहरु जो कोहीलाई पनि हुन सक्छ । तर प्राय त्यसलाई सबैले वेवास्ता गर्ने गर्दछन् । यौनका बिषयमा डाक्टरसँग कुराकानी गर्न हिचकिचाउँने गर्दछन् । पछिल्लो समय पुरुषहरुमा यौन दुर्बलता निकै बढ्दै गएको पाइन्छ । यौन इच्छामा कमी हुनुलाई यौन दुर्वलता भनिन्छ । यसको लक्षण मानसिक तथा शारीरिक दुबै रुपमा देख्न सकिन्छ । यौन इच्छामा कमि हुनु, यौन सम्पर्कमा रुची नहुनु जस्ता कुराले मानसिक रुपमा यौन दुर्वलताको संकेत गर्दछ भने यौन इच्छा वा सम्पर्कका बेला लिंगमा कडापन नआउनु, मोटो वा ठूलो नहुनु शारीरिक रुपमा देखिने यौन दुर्वलताको संकेत हो । चिकित्सकहरु भन्छन् यदी आफ्नो यौन दुर्बलताको बारेमा बेलैमा डाक्टरसँग सल्लाह गरे यसको निराकरण गर्न सजिलो हुन्छ ।

यौन दुर्बलता धेरै कारणले हुने गर्दछ । मध्यपान, धुम्रपान, उच्चरक्तचाप, मधुमेह, तथा छारेरोग, बोसोयुक्त मासुको सेवन, उच्च कोलेस्ट्रोल, मोटोपना र प्रोस्टेट ग्रन्थीमा देखिने दीर्घकालिन संक्रमणले यौनक्षमतामा ह्रास भई यौन दुर्वलताको समस्या हुने गर्छ ।

यौन दुर्बलताका लक्षणहरु के के हुन् ?

(यौन गतिविधिको बेला पुरुष अंग उत्थान हुन सक्दैन, जसलाई अंग्रेजी भाषामा इलेक्टाइल डिस्फङ्सन भनिन्छ ।

( चरमोत्कर्षको अभाव हुन्छ । यौन क्रियाकपालमा सक्रिय ढंगले सहभागी हुँदा पनि यो समस्या देखिन्छ वा उसमा अति ढिलो गरेर वीर्य स्खलन हुन्छ ।

(अर्को लक्षण भनेको शीघ्रपतन हो । यसमा यौनक्रिडामा संलग्न व्यक्तिले आफ्नो वीर्य स्खलनलाई रोक्न सक्दैन । यौनक्रियाकलापमा लागेको केही बेरमै उनको वीर्यपतन भइहाल्छ, जसले गर्दा उनको यौनजीवन दुखद बन्न पुग्छ ।

यौन उत्तेजना बढाउन यसो गर्नुहोस्

– हरेक दिन बिहान योगा अथवा फिजिकल एक्सरसाइज गरेमा यौन क्षमता बढ्छ ।

– हरेक दिन किसमिस र ओखर सेवन गरेमा सेक्स पावर बढ्छ ।

– गाँजरमा भिटामिन ‘ए’को मात्रा अत्याधिक हुने भएकाले यसको सेवनले पनि सेक्स पावरलाई वृद्धि गराउँछ । भिटामिनले पुरुषमा यौनशक्ति बढाउन भूमिका खेल्छ ।

– भिँडीमा भिटामिन ‘सी’को मात्रा बढी हुन्छ । जसले सेक्स पावर वृद्धि गर्न सहयोग गर्छ ।

– सेक्स गर्नुअघि पार्टनरसँग केही समय गफ गर्नुस् । जसल वातावरणलाई केही सहज बनाउँछ । यौन सम्पर्क राख्नका लागि कुनैपनि हतार नगर्नुस् ।

– सेक्सका लागि तपाई खुल्नुपर्छ । हिच्किचाहट हुनुहुन्न । जसले सेक्स पावर बढाउन मदत गर्छ ।