जनता टाइम्स

१४ श्रावण २०७८, बिहीबार २२:२२

राज कुन्द्रा प्रकरणमा सोमी अली भन्छिन्, पोर्न फिल्म उद्योगमा जबरजस्ती हुँदैन


एजेन्सी/ बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा पोनोग्राफी प्रकरणमा पक्राउ परेका राज कुन्द्रालाई १४ दिनको न्यायिक हिरासतमा राख्न आदेश दिइएको छ । राजमाथि पोर्न फिल्म बनाएको र प्रशारण गरेको आरोप लागेको छ । हालै अभिनेत्री सोमी अलीले राजको प्रकरणमा आफ्नो विचार व्यक्त गरेकी छन् ।
उनका अनुसार पोर्न एक व्यवसाय हो । जो यो व्यवसाय रोज्ने गर्छन्, उनीहरुलाई कसैले मुल्यांकन गर्न हुँदैन । यो व्यवसायमा संलग्न कसैलाई पनि जबरजस्ती गरिदैँन । एक समाचार च्यानललाई अन्तरवार्ता दिँदै सोमीले भनिन्, जब हामी पोर्न वा सेक्सको विषयमा कुराकानी गर्छौं मानिसहरु यसको विषयमा विशेष चासो दिने गर्छन् । पोर्नलाई आफ्नो व्यवसायको रुपमा चुन्ने कसैलाई पनि म जज गर्दिन । विशेषगरी, कसैलाई जबरजस्ती गरिदैँन भने यसलाई मुल्यांकन गर्न पनि उचित हुँदैन ।
सोमीले कुनै पनि व्यक्तिलाई आफ्नो व्यवसाय चुन्ने निजी अधिकार हुने भएकाले कसैले उनीहरुको बारेमा बोल्ने अधिकार नभएको बताइन् । उनले यौन शिक्षा दिनुपर्ने समय आएको भन्दै वेभ सिरीजमा देखाउने इन्टिमेट सीन र बोल्ड सिनको विषयमा पनि आफ्नो राय व्यक्त गरिन् । उनले आर्टलाई वास्तविक देखाउन आवश्वक भएकाले विभिन्न प्रकारका सिनहरु देखाउन आवश्यक भएको बताइन् ।