जनता टाइम्स

१५ श्रावण २०७८, शुक्रबार १४:०५

अब जनकपुरमा पनि डिशहोम फाइबरनेट सेवा


जनकपुर, साउन १५ । जनकपुरमा पनि डिशहोम फाइबरनेट सेवा पुगेको छ । डिशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभव सहित, डिशहोमका ग्राहकहरुका लागी डिशहोम टिभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरु, निःशुल्क डिशहोमन्इ ब्उउ र ह्ख्इम् जस्ता विभिन्न सुविधाहरु उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका फाइबरनेटका योजनाहरु १० एमबिपीएसदेखि १०० एमबिपीएससम्म उपलब्ध छन् । डिशहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ । काठमाडौं, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, धरान, ढल्केबर र बिराटनगर मा यस अघि नै डिशहोम फाइबरनेटको सेवा पुगिसकेको छ ।

समग्र नेपालमा पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट हाल जनकपूर पुगेको छ र छिटै नेपालका प्रमुख शहर पोखरा, नेपालगञ्ज, धनगढी, विर्तामोड, विरगंज लगायत अन्य स्थानमा पनि पुग्ने कम्पनीले उल्लेख गरेको छ । उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरि आफ्ना डिटिएच प्रयोगकर्ताहरुको माग पूरा गर्न सन् २०२०मा डिशहोमले डिशहोम फाइबरनेट सुरु गरेको हो ।