जनता टाइम्स

१५ श्रावण २०७८, शुक्रबार २०:४८

सुत्ने बेलामा कुनै पनि कपडा नलगाई सुत्नुहोस,पाउनुहुनेछ अचम्मका यस्ता फाइदाहरु



एजेन्सी/ मानव जीवनमा सुताई पनि एउटा महत्त्वपूर्ण पाटो हो । कसरी सुतिन्छ भन्ने कुराले पनि मानव जीवन कति सुखी छ भन्ने थाहा हुन्छ। सामान्यतया मानिसहरू आफ्नो सुताइबारे धेरै सोच्दैनन् ।तर, ‘बेड–लाइफ’ ले पनि कतिपय अवस्थामा सिङ्गो जीवनशैलीलाई धेरै सहयोग गरिरहेको पश्चिमा केही वैज्ञानिकहरू बताउँछन् । केही वैज्ञानिक र मनोविज्ञहरुका अनुसार शरिरमा कुनैपनि लुगा नलगाइनकन सुत्नुका मुख्य फाइदाहरू यस्ता छन् :

१ । नाङगै सुत्दा व्यक्तिले आफ्नो शरीर सहज हुन्छ, जसले शरिरलाई आराम मिल्छ ।

२। नाङगै सुत्नाले छालाले श्वास फेर्ने मौका पाउँछ । दिउँसोको समयमा छाला कपडाले छोपिएको हुन्छ । तर, नांगै सुत्नाले छालामार्फत् शरीरमा हावा प्रवेश गर्न सक्छ । यसले छालाको रोग लाग्ने सम्भावनालाई घटाउँछ । त्यसैले नाङगै सुत्दा कस्तो हुँदोरहेछ भनेर आजै अनुभव लिइहाल्नोस् ।

३। सुत्दा कपडा लगाउनुको अर्थ हो, शरीरलाई तातो बनाइराख्नु । तर, यसले ग्रोथ हर्मोनलाई अवरुद्ध पार्छ । यो हर्मोनले बोन डेन्सिटीलाई बढाउँछ, मुटुको रोग र मधुमेह लाग्ने खतरा कम गर्छ र कोषलाई मर्मत गर्छ । यसका साथै मांसपेशीको निर्माण गर्नुका साथै आन्तरिक अंगहरुलाई वृद्धि गर्न मद्दत गर्छ । रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्नुका साथै यसले स्वस्थ तौल निर्माणमा सहयोग गर्छ ।

४। यौनको वातावरणलाई बढाउँछ र शरीरमा अक्सिटोसिन हर्मोन उत्सर्जनलाई वृद्धि गर्छ ।

५। रातीको समयमा शरीर शान्त र शितल भएपछि कोर्टिसोल हर्मोनको मात्रा घट्छ । जब हामी अलिकता सुत्छौं, उठ्दा कोर्टिसोलको मात्रा उच्च हुन्छ । यसले मानिसमा भोक जगाउँछ । यसले मानिसको तौल बढाउन पनि मद्दत गर्छ ।

६। जब शरीरलाई ६८ देखि ७० डिग्रीको तापक्रममा राखिन्छ, एन्टिएजिङ हर्मोन, ग्रोथ हर्मोन र मेलाटोनिनले राम्रोसंग काम गर्छन् ।

७। पार्टनरसंग नाङगै सुत्दा छालाको प्रत्यक्षसम्पर्कले अक्सिटोसिन हर्मोन निस्कन्छ । बन्डिङ हर्मोन पनि भनिने यसले मानिसमा खुशीको मात्रा बढाइदिनुका साथै तनाव र उच्च रक्तचापलाई घटाउन मद्दत गर्छ ।

८। नाङगै सुत्दा ढुसीको संक्रमण पनि घटाउँछ । महिलाहरुको यौनांगमा हावाको प्रवेशले संक्रमण हुन दिँदैंन र यौनांग क्षेत्र सुख्खा हुन पाउँछ । तर, सधैंभरि भित्री वस्त्रमात्रै लगाउँदा तातो र आद्र्र अवस्थाका कारण ढुसीले बढ्ने अवसर पाउँछ ।