जनता टाइम्स

१६ श्रावण २०७८, शनिबार ०७:१७

पूर्वयुवराज पारसले ‘जान्न-जान्न, यहीँ बस्छु’भनेपछि (भिडियोसहित)


काठमाडौं, साउन १६ । पूर्वयुवराज पारश शाहले ड्यूटीमा खटिएका प्रहरीमाथि दुर्व्यवहार गर्नुभएको छ । उहाँले महाराजगञ्जस्थित नारायण गोपाल चोकमा शुक्रबार साँझ ट्राफिक प्रहरीले सोधपुछ गर्न खोज्दा दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार हेलमेट नलगाइ आएका शाहलाई ट्राफिक प्रहरीले रोकेका थिए। मादक पदार्थसमेत सेवन गरेका उहा प्रहरीले सोधपुछ गर्न थालेपछि प्रहरीमाथि जाइलागेको सिंहले बताउनुभयो ।

प्रहरीले शाहलाई नियन्त्रणमा लिन खोज्दा घम्साघम्सी समेत भएको हालै सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा पनि देखिन्छ। प्रहरीले चौकीमा लैजान खोज्दा उहाँले ‘जान्न, यहीँ बस्छु’ भन्दै प्रहरीसँग वादविवाद गरेका दृश्य हेर्न सकिन्छ । पारसले प्रहरीलाई धम्कीपूर्ण शैलीमा छोड्न भनिरहेको सार्वजनिक भएको भिडिओमा सुन्न सकिन्छ। शाह समर्थकसहित देखिएका थिए। भिडिओमा एक जना प्रहरीले पारसको हात समातेर कतै लैजान खोजेको देखिन्छ। तर, पारशले धकेल्दै र हात तान्दै ‘जान्न’ भनिरहनु भएको थियो ।

पूर्वयुवराज शाह अधिकांश ठाउँमा हेल्मेटबेगरै देखिने गर्नुभएको छ । शाहले त्यहाँ पनि आफूले कहिल्यै हेल्मेट लगाएको देखेको छ ? कहीँ रोकेको छ मलाई ? भन्दै प्रहरीसँग झगडा गरिरहनु भएको थियो । त्यसक्रममा चोकमा सवारी जामसमेत भएको थियो । सम्झाइबुझाइ गरेर हेल्मेट लगाउन लगाएर पठाएको एसएसपी सिंहले बताउनुभयो ।