भक्तपुर, साउन १७ । भक्तपुरको मध्यपुर थिमी नगरपालिकाका २ सय ७० जना युवाहरु कांग्रेस र नेकपा माओवादी परित्याग गरी एमाले प्रवेश गरेका छन् । राष्ट्रिय युवा संघ मध्यपुर थिमी नगर कमिटीको आयोजनामा शनिवार भएको वृहत पार्टी प्रवेश कार्यक्रममा कांग्रेस र माओवादी छाडेर ती युवाहरु एमाले प्रवेश गरेका हुन।
नवप्रवेसीहरुलाई युवा संघ इञ्चार्जसमेत रहनुभएका एमाले केन्द्रीय सदस्य महेश बस्नेतले टिका तथा खादा लगाएर एमालेमा स्वागत गर्नुभयो । नवप्रवेशीहरुले भक्तपुरमा आज एमालेमा प्रवेश गरेको काष्टिङ मात्र भएको उल्लेख गर्दै बस्नेतले आगामी दिनमा हजारौं युवाहरु एमालेमा प्रवेश गराई भक्तपुर जिल्ला एमालेमय बनाउने बताउनु भयो । भक्तपुरको विकास र समृद्धिको यात्रा नेकपा एमालेको विकल्प अरु नभएकाले एमालेमा नै प्रवेश गरेको नवप्रवेशीहरुले बताएका छन । पद र प्रतिष्ठाको लागि भन्दा पनि आफ्नो ठाउँको लामो समयदेखी विकास र समृद्धिमा पछि परेको अवस्थामा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेत निर्वाचित भएसँगै जिल्लाको विकासले ठूलो फड्को मारेको भन्दै एमाले नै रोजेको नवप्रवेशीहरुले बताए ।
उक्त क्रममा नेता बस्नेतले नवप्रवेशीहरुले एमालेको घरभित्र प्रवेश गरेकाले आगामी दिनमा क्षमता अनुसारको जिम्मेवारी दिने बताउनुभयो । एमाले वा युवा संघमा प्रवेश गरेसँगै जनताको बिचमा रहरलाग्दो, भरलाग्दो तथा बैरीको लागि डरलाग्दो भई पार्टीको निर्देशन अनुसार अगाडी बढ्न निर्देशन दिँदै नेता बस्नेतले जनताको पक्षमा काम गर्दा कुनै समस्या आएको खण्डमा आफ्नो कार्यकर्ताको रक्षाका लागि नेतृत्वले जस्तोसुकै कदम चाल्न समेत पछि नपर्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा उमाले जिल्ला अध्यक्ष बचन देउजा, सूर्यविनायक नगरप्रमुख बाशुदेव थापा, संघका उपाध्यक्ष तथा युथफोर्सका केन्द्रीय संयोजक क्षितिज थेवे, उपाध्यक्ष तथा सहसंयोजक पुष्प श्रेष्ठ, उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख असोक चौलागाईलगायतका संघका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।














प्रतिक्रिया दिनुहोस्