अर्घाखाँची, साउन १७ । आफ्नै १३ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पाणेनी गाउँपालिका ८ निवासी ४८ वर्षीय पुरुषलाई प्रहरीलेपक्राउ गरेको छ । नावालिका छोरी बलात्कार अभियोगमा ती पुरुषलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार आफ्नै घर नजिकै रहेको जङगलमा घाँस काट्न गएको अवस्थामा ती पुरुषले छोरीलाई जबरजस्ती करणी गरेका थिए । सो सूचना प्राप्त हुनासाथ प्रहरी चौकी पालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
सो घटनाको बिषयमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्