जनता टाइम्स

१८ श्रावण २०७८, सोमबार १६:०१

गृहमन्त्री खाँणलाई सांसद कोमल वलीको प्रश्न : दार्चुला घटनालाई कम्फर्टेबल बनाउन खोजेको हो ?


काठमाडौं, साउन १८ । राष्ट्रियसभामा विपक्षी दलका सांसदहरुले तुइन काटेर नेपाली युवालाई महाकालीमा बेपत्ता बनाएको जघन्य अपराधको घटनाबारे भारतसँग छलफल गर्न किन डराएको ? भन्दै सरकारलाई प्रश्न गरेका छन । एमाले सांसदहरुले राष्ट्रियसभाको आजको बैठकमा उपस्थित भई एसएसवीकै बचाउ गरेपछि गृहमन्त्री बालकृष्ण खाँणलाई यस्तो प्रश्न गरेका हुन ।

गृहमन्त्री खाणले विशेष समय लिएर राखेको धारणाबारे प्रश्नोत्तरमा सहभागी हुँदै नेकपा एमालेका सांसदहरुले भारतीय एसएसबीले तुइन काटेर नेपाली युवाको हत्या गरेको जस्ते अति संवेदनशील बिषयमा सरकार किन मौन रहेको भनी प्रश्न गरे । ‘दार्चुला घटनाबारे किन मौन ? सरकारले समिति मात्रै बनाएर बस्न मिल्छ कि हिम्मत गरेर भारतसँग कुरा गर्छ ? कि सरकारले यसलाई कम्फर्टेबल बनाउन खोजेको हो ?’ बैठकमा प्रश्न राष्ट्रियसभा सदस्य कोमल वलीको प्रश्न थियो ।

एमालेका अर्कासांसद भैरवसुन्दर श्रेष्ठले पनि दार्चुलाका युवा जयसिंह धामीको मृत्युबारे भारतसँग सरकारले किन कुरा नगरेको भनी प्रश्न गर्नुभयो । यसैगरी सांसद डा. विमला राई पौडेलले तुइन विस्थापनमा भारतीय असहयोगलाई सरकारले कसरी सामना गर्छ भनी प्रश्न सोध्नु भयो । गृहमन्त्री खाँणले समिति बनाएको भन्दै एसएसबीले नै तुइन काटेर धामीलाई महाकालीमा बेपत्ता बनाएको बिषयमा बोल्न नमिल्ने बताउनु भएको थियो । सोही जवाफका आधारमा सांसद ओलीले कम्फर्टेवल बनेको हो भन्दै प्रतिप्रश्न गर्नुभएको हो ।

गृहमन्त्री खाँणले महाकालीमा बेपत्ता नेपाली नागरिक धामीको बिषयमा जानकारी गराए पनि एसएसबीको संलग्नताबारे बोल्न नमिल्ने बताउनु भएको थियो ।