जनता टाइम्स

१८ श्रावण २०७८, सोमबार १६:२९

कांग्रेस नेताको घोषणा : माधव नेपाल जननेता बन्नुभयो (भिडियोसहित)


काठमाडौं, साउन १८ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री महेन्द्र यादवले ‘एमाले वरिष्ठ नेता’ माधवकुमार नेपाललाई जननेताको संज्ञा दिनुभएको छ । माधवले एमालेको सरकार ढालेर कांग्रेस नेतृत्वको सरकार बनाउन निर्णायक भूमिका खेल्नुभएको भन्दै यादवले जननेता घोषणा गर्नुभएको हो ।

माधवले पार्टीभन्दा माथि उठेर कांग्रेसको नेतृत्वमा राजनीतिक व्यवस्था, संविधान, लोकतन्त्रको पक्षमा आफूलाई उभ्याएको र सोहीअनुसार भूमिका खेलेको यादवको भनाई थियो । ‘माधव नेपालले पार्टीभन्दा माथि उठेर आफ्नो भूमिका निर्वाह गर्नुभयो । संविधान, व्यवस्था र कानूनको रक्षाको लागि अडान लिनुभयो । अब उहाँलाई एमालेले कारबाही गरेर उहाँको हाईट घट्दैन, बरु बढ्छ,’ यादवले भन्नुभयो, ‘जसरी गिरिजाबाबु सबैले भरोसा गर्न योग्य नेता हुनुहुन्थ्यो, अहिले माधव नेपालपनि त्यस्तै हुनुभएको छ ।’