जनता टाइम्स

१८ श्रावण २०७८, सोमबार १६:३१

आईजीपी खनालद्धारा १५ एसपीलाई दज्र्यानी चिन्ह प्रदान



काठमाडौं, साउन १८ । सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालले सशस्त्र प्रहरी उपरीक्षक (एसपी)मा पदमा बढुवा भएका १५ जना सशस्त्र प्रहरी अधिकृतलाई दज्र्यानी चिन्ह प्रदान गर्नुभएको छ । गृहसचिवस्तरीय निर्णयबाट आइतबार १५ जना डीएसपीबाट एसपी पदमा बढुवा भएका १५ जनालाई आईजीपी खनालले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोकमा सोमबार आयोजित एक समारोहमा दज्र्यानी चिन्ह प्रदान गर्नुभएको हो ।

समारोहमा आईजीपी खनालले पदोन्नती वृति विकासको महत्वपूर्ण पाटोको रुपमा रहेको बताउदैँ प्राप्त जिम्मेवारीका क्षेत्रमा संगठनमा रहेर शान्ति सुरक्षा कायम राख्ने कार्यमा पुर्‍याएको योगदानका साथै प्रदर्शन गरेको व्यवसायिक क्षमता तथा कार्यदक्षताको मुल्यांकन गर्दै पदोन्नती गरिएको बताउनुभयो । उहाँले बढुवा भएका अधिकृतलाई कार्यक्षेत्रमा सफलताको शुभकामना व्यक्त गर्दै पदोन्नतीसँगै प्राप्त भएको जिम्मेवारी तथा उत्तरदायित्व पूर्णव्यवसायिक भई सम्पादन गर्न निर्देशन समेत दिनुभएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले शान्ति सुरक्षाको माध्यमबाट विकासको वातावरण निर्माणमा समेत योगदान पुग्ने उल्लेख गर्दैँ राष्ट्र सेवक सशस्त्र प्रहरी कर्मचारीले राष्ट्रको सुरक्षा, जनताको सेवा, विपद् पीडित नागरिकको उद्वार लगायतका राज्य प्रदत्त जिम्मेवारीका क्षेत्रमा अहोरात्र कृयाशिल रहँदै निरन्तर योगदान पुर्‍याई रहेको बताउनुभयो । उहाँले कमाण्डर तहका अधिकृतलाई ईमान्दार तथा वफादार भई आफु मातहतकालाई समेत मार्गदर्शन गर्दै कुशल नेतृत्वकासाथ आर्थिक पारदर्शिता र सुशासमा जोड दिँदै आम नागरिकको मन जित्ने गरी कार्यसम्पादन जुट्न निर्देशन दिनुभयो । । आईजीपी खनालले फौजी अनुशासन र सामुहिक भावनाकासाथ गरिएका कार्यले सांगठानिक विकासमा समेत महत्वपूर्ण योगदान पुग्ने समेत बताउनुभयो ।