जनता टाइम्स

१९ श्रावण २०७८, मंगलवार ०७:१६

स्वास्थ्यराज्यमन्त्री श्रेष्ठको घोषणा लोकप्रियतामुखी नारनकाजीपथ : सूर्य थापा


काठमाडौं, साउन १९ । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार रहेका सूर्य थापा सामाजिक संजालमा निकै सक्रिय हुनुहुन्छ । उहाँले आफ्ना विरोधीलाई जुनकुनै विषयमा पनि कटाक्ष गर्न कुनै कसर बाँकी राख्नुहुदैन । पछिल्लो चरणमा उहाँको शब्दवाणको शिकार बनेका छन्, स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ ।

विद्यालय तथा चेन अस्पतालका मालिक मन्त्री श्रेष्ठले मन्त्री भएपछि हालै सरकारी सेवा सुविधा त्याग गर्ने गरेको निर्णयप्रति थापाले ‘यस्तो लोकप्रियतामुखी हुन खोज्नु नारनकाजीपथ हो’ भन्नुभएको छ । उहाँले त्यो सस्तो लोकप्रियाताको लागि मात्र स्टन भएको बनाउनुभएको छ । उहाँले सोमबार राति ट्वीट गर्दै आफूले व्यक्तिगत रुपमा मन्त्री श्रेष्ठलाई नचिन्ने बताउँदै अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि कुनै सुविधा नलिएको उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभएको छ , ‘सरकारले प्रदान गर्ने सुविधा नलिने सस्तो घोषणा आएछ, हात्तीको मुखमा जिराजस्तो आहरै नलाग्ने त किन लिनु है ? निशाना अन्यत्रै छैन होला ’