काठमाडौँ, साउन १९। नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले सर्वोच्च अदालतको एक पछि अर्को फैसलाले थप विवादित र अविश्वसनीय बन्दै जाने बताउनुभएको छ ।
नेकपा एमालेको तर्फबाट निर्वाचित कर्णाली प्रदेशका ४ जना सांसदलाई पार्टीले गरेको कारवाहीलाई पद रिक्त गराउने आदेश दिएसँगै केन्द्र सरकारमा कांग्रेसका सभापति शेरबहादुर देउवा सरकारलाई प्रधानमन्त्री बनाउन पार्टीको ह्वीप उल्लंघन गरी समर्थन गर्ने माधव कुमार नेपाल समूहका २२ जना सांसदलाई कारवाही गरेमा अदालतले के गर्ला भनि प्रश्न समेत नेता बस्नेतले गर्नुभएको छ । उक्त फैसलासँग अदालत सामु अर्को चुनौति थपिएको बताउनुभयो ।
पार्टीको ह्वीप उल्लंघन गर्नु सांसदको गल्ती भएको कर्णालीका सांसदलाई भन्ने अनि संघीय सांसदलाई पार्टीको ह्वीप नलाग्ने भन्ने सर्वोच्चको फैसला अबका दिनमा अझ बढी विवादास्पद हुने नेता बस्नतको बुझाई रहेको छ । सर्वोच्चद्वारा परमादेश दिई देउवालाई नियुक्ति तथा पार्टीको ह्वीप नलाग्ने फैसलाले अदालतमाथि जनताको विश्वास समेत गुम्ने खतरा बढ्दै गएको उहाँले उल्लेख गर्नुभयो ।
उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ,














प्रतिक्रिया दिनुहोस्