जनता टाइम्स

१९ श्रावण २०७८, मंगलवार १०:०८

ओलीसँग नभेटन भन्दै बिहानै कोटेश्वर पुगे प्रचण्ड


काठमाडौं, साउन १९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता हुने खबर पाएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कोटेश्वर पुग्नुभको छ । उहाँ कोटेश्वर पुगेर नेता माधव कुमार नेपालसँग आज हुने सम्भावित छलफलबारे कुराकानी गर्नुभएको छ।

सत्ता गठबन्धले नेता नेपाललाई सरकारमा सहभागी हुन दबाबसमेत दिँदै आएको छ। जसका कारण हालसम्म मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। तर माधव कुमार नेपालले एमालेकै हैसियतमा सरकारमा सहभागी नहुने बताइसकेका छन्। सत्ता गठबन्धनलाई माधव कुमार नेपाल ओलीसँग सहकार्य गरे सरकार धरापमा पर्ने आँकलन गरेका छन्।

जसका कारण नेपाललाई कुनै पनि हालतमा ओलीसँग सहकार्य नगर्न सुझाइएको बताइएको छ। पछिल्लो समय एमाले मिल्न नदिनेमा प्रचण्डको मुख्य भुमिका रहेको केही नेपाल पक्षका नेताहरुले बताउनु भएको छ । कुरा मिल्छ भन्ने जस्तो भयो भने तत्काल प्रचण्ड नेपाललाई भेट्न पुग्नुहुन्छ ।