१ असार २०७६, आईतबार ००:००

सोमालिया कार बम विस्फोट, १० को मृत्यु, २६ घाइते


सोमालिया, असार १

कार बम विस्फोटनमा परी सोमालियाको राजधानी मोगादिसुमा कम्तीमा १० जनाको मृत्यु भएको छ । घटनामा परी अन्य २६ जना घाइते भएको प्रहरी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । सोमाली प्रहरी आयुक्त बासिर अब्दी मोहमदले पत्रकारहरुलाई भने, ‘नौ जनाको मृत्यु भएको छ भने अन्य २५ जना घाइते भएका छन् ।’

प्रहरी प्रमुखका अनुसार दुई ओटा विस्फोटनमध्ये दोस्रो कार विस्फोटन केएमफोर जक्सन नजिकै भएको थियो । सो विस्फोटनमा आक्रमणकारीको पनि मृत्यु भएको छ । घटनामा परी घाइते भएका एक जना घाइतेलाई सुरक्षाकर्मीले पक्राउ पनि गरेका छन् ।

लडाकूहरुले विस्फोटन गराएपछि राजधानी जाने मुख्य बाटो बन्द भएको थियो । अलकायदा सम्बद्ध अल शबाब नामक समूहले घटनाको जिम्मेवारी लिएको छ ।