जनता टाइम्स

१९ श्रावण २०७८, मंगलवार २२:१३

दिनमा कति चोटी ईयरफोन लगाउने बानी छ तपाईको ? कतै ईयरफोन नै बनिरहेको त छैन मृत्युको कारण



काठमाडौं, १९ साउन । गाडीमा यात्रा गरिरहेकाहरु होस् वा मर्निङ वाक गरिरहेकाहरु, कुनै कामधन्दामा लागिरहेकाहरु होस् वा कलेज धाइरहेकाहरु । धेरैजसो कानमा ईयरफोन ठोसेर एकसूरमा केही सुनिरहेका हुन्छन् ।कतिपय त ईयरफोन लगाएर सवारीसाधन पनि हाँकिरहेका हुन्छन् । यसको कारणले दिनप्रतिदिन दुर्घटना भइरहेका छन् । सवारी चलाउँदा ईयरफोनको प्रयोग गर्नेहरु आफुमात्र दुर्घटनाको जोखिममा छैन, उनीहरुको कारण अरुले यात्रु, बटुवा वा सवारी चालकले समेत ज्यान गुमाउनुपर्ने अवस्था छ ।यस्ता दुर्घटनाहरुलाई हामी आफैले निमन्त्रणा दिइरहेका छौं । ईयरफोनको प्रयोग गर्दा हामी सचेत हुनुपर्छ । यस्तो अवस्थामा ईयरफोनको प्रगोग गर्दै नगर्ने त ? कि यसको अरु कुनै विकल्प होला ?

हामीले केही सावधानी अपनाएमा संभावित दुर्घटनाहरुलाई सजिलै टार्न सक्छौं । त्यसैले यी कुराहरुलाई सँधै ध्यान दिनुहोस्।

१।सडकमा हिँड्दा हामी एक जिम्मेवार नागरिकको भूमिकामा हुन्छौ । संगीत सुन्ने वा फोनमा कुरा गर्ने हाम्रो व्यक्तिगत मामिला हो तर सवारी हाँक्दा यसको प्रयोग गरेर अरुको ज्यानसँग खेल्ने कुनै हक हामीलाई छैन । यो गैरकानुनी, गैरजिम्मेवार र असंयमित काम हो ।

२।सडकमा सवारी चलाउँदै गर्दा वा हिँड्दै गर्दा कुनै यस्ता ईयरफोन लगाएर सवारी चलाइरहेको वा बाटोकाट्दै गरेको व्यक्तिलाई देख्नुभयो भने तुरुन्त रोकेर उसलाई त्यसो नगर्न भन्नुहोस् र सामाजिक जिम्मेवारीको महसुस गराउनुहोस् ।

३।हाम्रो एउटा सानो भुल वा जीवनशैली कसैको लागि मृत्युको कारण बन्न सक्छ । त्यसैले सडकमा आफूसँगै अन्य नागरिकहरुको सुरक्षाको पनि ध्यान राख्नुपर्छ ।

४।ईयरफोन र हेडफोनमासानो ध्वनी पनि ठूलो र स्पष्ट सुनिन्छ किनभने कानको धेरै नजिक हुनाले यो ठूलो भोलुममा लगाँउदा हाम्रो हियरिङ लस हुन सक्छ । ईयरफोन लगाउनै परेमा कम आवाजमा त्यसलाई राख्न सकिन्छ । त्यस्तै घर भन्दा बाहिर सडकमा हिँड्दा इयरफोन प्रयोग नगरेकै वेश ।

५। इयरफोनको ध्वनीले वरिपरिको होहल्लाबाट ध्यान हटाउँछ । ईयरफोनबाट आएको भन्दा अर्को ध्वनी हामीले सुन्न सक्दैनौं । यस्तोमा वरिपरिको खतरा, विशेषगरि हर्नको आवाज, नजिकै आइरहेको गाडी वा अरु मानिसहरुको चेतावनी जस्ता आवाजहरु या त कानसम्म पुग्दैन वा त यति विस्तारै महसुस हुन्छ जसले हाम्रो ध्यान खिच्न सक्दैन । नतिजा, सडक दुर्घटना हुन्छन् ।

६।संगीत सुन्ने सौख छ र अक्सर गीतसंगीत सुन्नको लागि ईयरफोनको प्रयोग गरिन्छ भने २ घन्टाभन्दा धेरै समयसम्म तिव्र आवाजलाई नसुनौ । यसले कानमा धेरै क्षति पुर्याउन सक्छ ।

७। आफ्नो ईयरफोन अरुलाई प्रयोग गर्न दिनु हुँदैन र अरुको ईयरफोन पनि आफूले प्रयोग नगरौं । यसले कानमा ब्याक्टेरियल इन्फेक्सन वा अन्य समस्याको जोखिमलाई कम गर्छ ।

८।इएनटी विशेषज्ञहरुका अनुसार कानले अनावश्यक आवाजलाई पर्दासँग ठोक्काएर फिर्ता पठाइदिन्छ । तर ईयरफोन प्रयोग गर्दा मल्टिपल फ्रिक्वेन्सीका आवाज कानको पर्दासँग ठोकिन्छ तर पनि फेरि फिर्ता कान भित्र नै घुमिरहन्छ जसले हाम्रो कानको नसा कमजोर हुन्छ ।

९।लामो समयसम्म इयरफोनको प्रयोग गर्नुहुन्छ भने यसले कानको नशालाई असर गर्छ । यो नशाले इलेक्ट्रिक इम्पल्सको आधारमा काम गर्छ र र धेरै समयसम्म ईयरफोनको प्रयोग गर्नाले नशाले काम गर्छ छोड्छ ।

१०। ईयरफोनको अत्याधिक प्रयोगको कारण धेरै युवाहरुमा हियरिङ लस अर्थात कान नसुन्ने समस्या देखिन थालेको छ । अडियोमेट्रीको माध्यमले गरिएको परिक्षणमा ईयरफोनको धेरै प्रयोग गर्ने २५ देखि ३० प्रतिशतलाई यो समस्या भएको पाइएको छ । कानको मुख्य नशा ड्यामेज हुने कारणले यसको उपचार सम्भव छैन ।