जनता टाइम्स

२० श्रावण २०७८, बुधबार २२:१०

पुरुषको सबैभन्दा छिटो नजर पुग्ने महिलाका अंग कुन–कुन हुन् ?


काठमाडौँ, साउन २० । जब एक पुरुषको एक महिलासँग जम्काभेट हुन्छ, उसको पहिलो नजर महिलाको कुन अंगमा पर्ला ? धेरै महिलाको अनुमान फेल खान सक्छ ।

पुरुषको पहिलो नजर महिलाको छात्ती पर्छ भन्ने धेरै महिलालाई लाग्दो हो । तर, होइन, पछिल्लो एक सर्वेक्षणले देखाए अनुसार पुरुषको पहिलो नजर महिलाको आँखामा पर्छ ।

अन्तर्राष्ट्रिय स्तरमा गरिएको एक सर्वेक्षणको अनुसार आँखापछि पुरुषहरुको नजर उनको मुस्कानमा केन्द्रित हुन्छ ।

त्यसपछि मात्रै पुरुषको नजर अन्त मोडिन्छ । सर्वेक्षणको नतिजा अनुसार ७० प्रतिशत पुरुषको पहिलो नजर आँखामा पर्छ । ७० प्रतिशत पुरुषले पहिलो भेटमा महिलाको आँखामा सबैभन्दा पहिला हेर्छन् ।

ब्रिटेनको आई ड्रप नामको संस्थाले दुई हजार मानिसमा यो सर्वे गरेको थियो । जसमा एक हजार महिला र एक हजार पुरुष सामेल थिए ।

यिनीहरुलाई जब पहिलो पटक ‘अपोजिट सेक्स’को मानिसहरुसँग भेट हुन्छ तव कुन अंगमा पहिलो नजर जान्छ भनेर सोधिएको थियो । जसमा ७० प्रतिशतले पहिलो नजर आँखामा, दोस्रोमा मुस्कान र तेस्रोमा महिलाको छात्तीमा जाने बताए ।

सर्वेका अनुसार पुरुषको केही ध्यान महिलाहरुको तौल र हेयर डिजाइनमा पनि जाने पाइएको थियो । यी सबैमा नजर परिसकेपछि पुरुषहरुलाई यदि ती महिला मनपरेमा मात्र उनीहरुको नजर ड्रेस सेन्स र उचाईमा जान्छ ।

सर्वेको अनुसार पुरुषहरुले महिलाहरुको नाकलाई सबैभन्दा कम महत्व दिएको पाइयो । मतलब पुरुषहरुले महिलाको नाकलाई सबैभन्दा अन्तिममा हेर्छन् । तर महिलाहरुले पुरुषहरुको उचाईलाई पहिलो प्राथमिकता दिन्छन् । महिलाहरु पुरुषहरुको छालाको रंगमा पनि ध्यान दिँदैनन् ।–एजेन्सी