जनता टाइम्स

२१ श्रावण २०७८, बिहीबार ०६:०४

एकाबिहानै देउवा सरकारमाथि आक्रोशित बनिन शान्ता चौधरी


काठमाडौं, साउन २१ । एमाले नेतृ शान्ता चौधरीले स्यावास कम्फरटेवल सरकार स्याबास भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा सरकारको निर्णयप्रति कडा आक्रोश पोख्नुभएको छ । नेतृ चौधरीले भूमिहीनहरुलाई लालपुर्जाको साटो आँसु दिएर सरकारले अपराध गरेको भन्दै आक्रोश पोख्नुभएको हो ।

‘यो सरकार सामन्तवादको प्रतिनिधित्व गर्ने सरकार हो । त्यसैले सर्बहाराको पिडा देख्दैन, भोकाहरुको पेटमा लात हान्छ , गास खोस्छ । धन्य छ मेरो देशको निर्दलीय सरकार । मेरो चुनौती छ केही महिना रजाइँ गर, जनताको सरकार सिंहदरबारको मुलढोकाबाट शानदार रुपमा पसेर निर्दलीय सरकारलाई विस्थापित गर्नेछ । सर्बहारा गरिब, भुमिहिन सुकुम्बासीको अनुहारमा पुनः खुशी छर्ने छ,’ चौधरीले एकाबिहानै सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा राख्दै भन्नुभएको छ ।

यस्तो छ चौधरीको आक्रोश

आजको यो सरकारबाट भुमिहिनहरुले पुर्जा होईन आँशु पाए, हाँसोको सट्टा रोदन पाए । स्यावास कम्फरटेवल सरकार स्याबास । महलमा बस्ने सामन्तावादले झुपडी अटाउने टुक्रा चाहिनेको चित्कार सुन्दैन ।

यो सरकार सामन्तवादको प्रतिनिधित्व गर्ने सरकार हो । त्यसैले सर्बहाराको पिडा देख्दैन, भोकाहरुको पेटमा लात हान्छ , गास खोस्छ । धन्य छ मेरो देशको निर्दलीय सरकार । मेरो चुनौती छ केही महिना रजाइँ गर, जनताको सरकार सिंहदरबारको मुलढोकाबाट शानदार रुपमा पसेर निर्दलीय सरकारलाई विस्थापित गर्नेछ । सर्बहारा गरिब, भुमिहिन सुकुम्बासीको अनुहारमा पुनः खुशी छर्ने छ ।