जनता टाइम्स

२१ श्रावण २०७८, बिहीबार १४:४९

माधव समुहको केन्द्रीय कमिटी बैठकमा गएनन सुरेन्द्र पाण्डे र योगेश भट्टराई


काठमाडौं, साउन २१ । एमाले ‘बरिष्ठ नेता’ माधव नेपाल समुहको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । स्थायी कमिटी बैठक सकिएलगत्तै केन्द्रीय कमिटी बैठक सुरु भएको हो । बैठकमा प्रभावशाली नेताहरुसुरेन्द्र पाण्डे र योगेश भट्टराई अनुपस्थित हुनुभएको छ । दुवै नेताले कोरोना संक्रमणलाई कारण देखाउनु भएको छ । नेता पाण्डेले आफ्नो चालक कन्ट्याक ट्रेसिङमा परेको कारण बैठकमा नगएको बताउनु भयो । यस्तै भट्टराई पनि कोरोनाको कन्ट्याक्ट ट्रेसिङमा परेका कारण नगएको बताउनु भएको छ ।

नेपाल समूहका भरपर्दा नेता मानिने पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा पनि सदन बहिष्कार गर्नुभएको थियो । पछिल्लो समय पार्टी एकताको पक्षमा उभिनुभएका पाण्डेले पार्टी बिभाजन गरेर नयाँ दल दर्तामा गए आफू माधवसँग नरहेने चेतावनी दिइसक्नु भएको छ । यस्तै भट्टराईले पनि सार्वजनिक रुपमै नयाँ दल दर्तामा गए आफू एमालेमै रहने घोषणा गरिसक्नु भएको छ ।

नेता भट्टराईले सर्वोच्च अदालतमा सांसदहरुले देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै दिएको निवेदनमा पनि हस्ताक्षर गर्न अस्वीकार गर्नुभएको थियो । आजको बैठकले एमालेमै रहने कि शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने भन्ने निर्णय लिने बताइएको छ । स्थायी कमिटीले भने देउवा सरकारमा नजाने निर्णयसहित केन्द्रीय कमिटीमा प्रस्ताव लगेको छ । स्थायी कमिटीको यो प्रस्तावसँगै देउवा सरकारमा मन्त्री खान खुट्टा उचालेर बसेको आधा दर्जन सांसद मर्माह तबनेका छन । यद्यपी केन्द्रीय कमिटीमा बहुमत पुगे नेपालले देउवा सरकारमा जाने निर्णय गराउने बताइसक्नु भएको छ ।