जनता टाइम्स

२१ श्रावण २०७८, बिहीबार १९:५०

भूमि आयोग खारेजीको विरोधमा युवा संघले गरे प्रदर्शन


काठमाडौं, साउन २१ । भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजको विरोधमा नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले प्रदर्शन गरेको छ । युवा संघले मनोहरास्थित सुकुम्बासी बस्तीमा विरोध प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागी युवाहरुले केपी ओली जिन्दावाद, भूमि आयोग खारेजीको निर्णय फिर्ता गरलगायत नारा लगाइएको थियो ।

प्रदर्शनकारीेले विभिन्न नारा लेखिएका प्लेकार्डहरु पनि प्रदर्शन गरेका थिए । भेलालाई युवा संघका अध्यक्ष किरण पौडेल लगायतले सम्बोधन गर्नुभएको थियो । साउन १९ गते बसेको मन्त्रिपरिषद् बैठकले सो आयोग खारेज गर्ने निर्णय गरेको थियो । केपी शर्मा ओली नेतृत्वको सरकारले बनाएको देवीप्रसाद ज्ञवाली नेतृत्वको आयोगले सबै काम सकाएर भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लाल पूर्जा बाँड्ने चरणमा पुगेको थियो । सम्बोधनको क्रममा बक्ताहरुले देउवा सरकारले निर्णय नसच्याए कडा संघर्षमा उत्रने चेतावनी दिएका छन ।