जनता टाइम्स

२३ श्रावण २०७८, शनिबार ११:१९

बालाजु औद्योगिक क्षेत्रमा लागेको आगो नियन्त्रणमा, क्षतिको विवरण आउन बाँकी


काठमाडौं, साउन २३ । बालाजु औद्योगिक क्षेत्रमा लागेको आगो करिब नियन्त्रणमा आएको छ । काठमाडौँ महानगरपालिका–१६ मा पर्ने औद्योगिक क्षेत्रको नेबिको बिस्कुट उद्योगमा आगो लागेको हो ।

काठमाडौंस्थित बालाजु औद्योगिक क्षेत्रमा राति दुई बजेदेखि लागेको आगो निभाउन हेलिकप्टरसँगै दमकल र पानी ट्यांकर प्रयोग गरिएको थियो । आगलागीका कारण कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ भने अन्य क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको जनाएको छ ।