जनता टाइम्स

२४ श्रावण २०७८, आईतवार १९:१२

सङ्घीयताका विषयमा पुनर्विचार गर्नुपर्छ : कमल थापा


चितवन, साउन २४ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयताको विषयमा पुनःविचार गर्नुपर्ने बताउनुभएको छ । चितवनका पत्रकारसँग आज कुराकानी गर्दै थापाले यस्तो बताउनु भएको हो ।

उहाँले पात्र र दल फेरिँदैमा देशको सुधार नहुने बताउनुभयो । ‘पछिल्लो राजनीतिक परिवर्तनपछि देश जुन बाटोमा अघि बढ्यो त्यसले देशमा शान्ति, स्थायित्व र समृद्धिको लक्ष्य हासिल गर्न सकेन । अब विचार नै परिवर्तन गर्न जरुरी छ,’ थापाले भन्नुभयो ।

सरकारको नेतृत्व परिवर्तन हुँदैमा देशमा शान्ति स्थायित्व र समृृद्धिको यात्रा पूरा नहुने भन्दै उहाँले यसका लागि बाटो र विचार नै परिवर्तन गर्नु आवश्यक रहेको बताउनुभयो ।