काठमाडौँ, २५ साउन। पार्टी फुटाएर धुजा धुजा हुँदै एक्लो बन्न पुगेका डा बाबुराम भट्टराईले माधवकुमार नेपाललाई एमालेमा नफर्किन सुझाव दिनुभएको छ । । सामाजिक सञ्जाल ट्वीटर मार्फत उहाँले नामै नलिइ नेपालका लागि यस्तो सुझाव दिनुभएको हो ।
डा. भट्टराईले भन्नुभएको छ , ‘कोरोना झैं प्रतिगमनको पनि नयॅा भेरिएन्ट आउनसक्छ है, पहिलो असंवैधानिक भेरिएन्ट पराजित भएपनि दोश्रो संवैधानिक वा अर्ली इलेक्सन भेरिएन्ट आउनसक्छ, पहिलोले संविधानको सशरीर हत्या गर्दैथियो भने दोश्रो चाहिं संविधानको आत्मा मार्नेगरी आउनसक्छ।अतस्ढुक्क भएर आआाफ्ना पार्टी वा गुटतिर नफर्कौं ’
यस अघि पटक पटक हुन लागेको सहमति तोड्न प्रचण्डको दबाब झलेका नेता नेपाललाई एमालेमा नफर्कन भट्टराईले पनि सुझाव दिएपछि उहाँ सरकारमा सहभागी हुने कि एमालेमा भन्ने दुबिधामा पर्नुभएको छ । ‘माधवजीलाई हामीले एमालेबाट उद्धार गर्नुछ ’ भनेर सार्वजनिक अभिव्यक्ति दिएका प्रचण्ड दिनहुँ कोटेश्वर पुगेर एमालेमा नबस्न सुझाव दिईरहनुभएको छ ।














प्रतिक्रिया दिनुहोस्