जनता टाइम्स

२५ श्रावण २०७८, सोमबार १०:१३

एमालेको ऐजेरू कांग्रेसमा सरेको सूर्य थापाको निष्कर्ष


काठमाडौं, साउन २५ ।  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४ औं महाधिवेशन नगरेर निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पुर्‍याइएकोमा नेतृत्वको कडा आलोचना गर्नुभएको छ। नेता पौडेलले आफ्नै पार्टीका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाको कडा शब्दमा आलोचनापछि नेता सूर्य थापाले कडा कटाक्ष प्रहार गर्नुभएको छ । उहाँले एमालेको ऐजेरू कांग्रेसमा सरेको भन्दै काँग्रेस प्रति कटाक्ष गर्नुभएको हो ।

सोमवार विहान सामाजिक सञ्जालमार्फत नेता थापाले भन्नुभएको छ एमालेको वृक्षमा ऐंजेरुले दिनु दु:ख दियो। तीन बर्षको समय मात्रै बर्बाद भएन,पार्टी नै लथालिङ्ग र तहसनहस हुनपुग्यो।अझै पार्टी पूर्ववत् लयमा फर्केको छैन। ऐंजेरु नेपाली काँग्रेसमा सरेको छ।अब कठपुतली प्रधानमन्त्रीको लोभमा पारी त्यसले पार्टी र सरकार दुबै चल्न दिंदैन ।
राचपौ उवाच,