काठमाडौं, साउन २६ । सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणबीच भनाभन भएको छ । प्रधानमन्त्री देउवा र गृहमन्त्री खाँणबीच गृहसचिवमा कसलाई बनाउने भन्ने विषयमा भनाभन भएको स्रोतले बताएको छ ।
गृहसचिवमा टेकनारायण पाण्डेलाई ल्याउने विषयमा प्रधानमन्त्री देउवा सहमत नभएका कारण भनाभन भएको बुझिएको छ । प्रधानमन्त्री देउवाले पाण्डेको सट्टा अर्कै सचिवलाई गृहमा ल्याउने मनसाय राखेपछि खाणले ‘गृह मन्त्रालय मैले चलाउने कि तपाईंले ? भन्दै देउवालाई प्रश्न गर्नुभएको थियो । अन्तिममा गृहमन्त्री खाँणकै दबाबका कारण पाण्डे गृह सचिवमा सरुवा भएको स्रोतले बताएको छ ।
सरकारले गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको छ ।












प्रतिक्रिया दिनुहोस्