काठमाडौं, साउन २६ । एमाले अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) बारे के गर्नुहुन्छ भन्दै प्रधानमन्त्री शेरबहादुर देउवासँग सिधा प्रश्न गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै निवर्तमान प्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओलीले अहिलेकै गठबन्धनले एमसिसीमा सहमति गरेको तथ्य राख्दै अव के गर्नुहुन्छ भन्दै प्रश्न गर्नुभएको हो ।
‘सरकारको साझा न्यूनतम कार्यक्रममा झिना मसिना कुरा गरेको छ, एमसीसी गर्नुभएको थियो तपाईहरुकै सरकारले । त्यसबारे त यो संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम कतै छैन । एमसिसी बिर्सनु भयो कि क्या हो ?’ ओलीले भन्नुभयो, ‘मलाई नै गाली गर्ने, फेरि एमसीसी पास गर्नुपर्छ भनेर मैले बोलेको कुराको क्लिप खोजेर बातावरण बनाउन खोज्दै हुनुहुन्छ । नेपाली जनता जान्न चाहन्छन, के गर्नुहुन्छ एमसिसी ? पास गर्ने कि फेल गर्ने ? कि चुपचाप बस्ने ?’ ।













प्रतिक्रिया दिनुहोस्