जनता टाइम्स

२७ श्रावण २०७८, बुधबार ११:२७

एमालेबिरुद्ध लड्दा सांसद पद गए चुनाव जिताइदिने माधवको घोषणा


काठमाडौं, साउन २७ । एमालेका पूर्ववरिष्ठ नेता माधवकुमार नेपालले एमालेविरुद्ध लाग्दा पद गुमाउनेहरुलाई पुनः चुनाव जिताएर पुरानै पदमा फिर्ता ल्याउने बताउनु भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेपालले यस्तो घोषणा गर्नुभएको छ ।

‘सत्यको पक्षमा लड्दा सांसद् पद गए जिताएर ल्याउने जिम्मेवारी मेरो भयो’, कार्यक्रममा बोल्दै नेपालले भन्नुभयो । नेपालले आफू कसैको टाँगामुनि नछिर्ने र एमालेमा नफर्कने घोषणा पनि गर्नुभयो । ‘कसैको टाँगमुनि छिर्नेवाला छैनौँ, सत्यको पक्षमा लड्नुस्, हाम्रो साथ छ’, नेपालको भनाई थियो ।