काठमाडौं, साउन २७ । एमाले नेता तथा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले आफूलाई पनि प्रधानमन्त्री शेरबहादुर देउवा मन परेको भन्दै भित्री कारण खुलासा गर्नुभएको छ । पूर्वमन्त्री बाँस्कोटाले प्रधानमन्त्री देउवाको सचिवालयले मलाई देउवा मन पर्छ किनकि.. भन्ने श्रृंखला अघि बढाएको भन्दै ब्यंग्य गरेर देउवा मन परेको कारण खोलाउनु भएको हो ।
‘मलाई पनि देउवा मन परो । किनकि मोदी र ममता दिदीले भाजपा र त्रिणमुल कांग्रेस जिताउन हायर गरेका प्रशान्त किशोर (जो अहिले कांग्रेस आइको लागि काम गर्न गैसकेका छन) कै सिको गर्दै आरजु भाउजुको नेतृत्वमा साईवर सेल बनाउने सफलता पाएकोमा । जुन टिमले अहिले सोसल साइटमा भब्य देउवा प्रदशनी चलाउदै छ,’ सामाजिक सञ्जालमा बाँस्कोटाले भन्नुभएको छ ।














प्रतिक्रिया दिनुहोस्