काठमाडौं, साउन २८ । आजदेखि काठमाडौं उपत्यकामा रातिको समयमा सवारी साधन सञ्चालन गर्न नपाइने भएको छ । कोरोना भाइरस (कोभिड १९) को जोखिम बढेपछि निषेधाज्ञालाई केही कडा बनाएर आजबाट राति ८ बजेपछि सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाइएको हो । यो नियम भदौ ८ गतेसम्म लागू हुनेछ ।
काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको निर्णयअनुसार रातको समयमा अत्यावश्यकबाहेकका सवारी साधन सञ्चालन गर्न पाइने छैन । निर्माण सामग्री ढुवानीका लागि भने राति ९ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालन गर्न पाइने छ । यस्तै आजाट पसलहरु पनि साँझ ७ बजे बन्द गरिसक्नुपर्ने छ भने सञ्चालनको समयमा स्वास्थ्य मापदण्ड अपनाउनुपर्नेछ । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर पुनः बढेको छ ।













प्रतिक्रिया दिनुहोस्