जनता टाइम्स

२ असार २०७६, सोमबार १२:३९

रामचन्द्र र समिक्षाको ‘३ फुर्के डोरी’ (भिडियोसहित)


काठमाडौं, असार २

गायक रामचन्द्र चन्द र समिक्षा बि सिको ‘३ फुर्के डोरी’ सार्बजनिक भएको छ । गीतमा गायक तथा निर्देशक हुम गैरेको शब्द र लय रहेको छ । प्रीज्म डिजिटल रेकर्डिङ स्टुडियो बबरमहलमा रेकर्ड गरिएको उक्त गीतमा चर्चित मोडल तथा निर्देशक शंकर बिसी र नायिका तथा मोडल अनु शाहको उत्कृष्ट अभिनय रहेको छ ।

शंकर बिसी स्वयमले निर्देशन गरेको ‘३ फुर्के डोरी’ लाई राजेश घिमिरेले आफ्नो क्यामेरामा कैद गरेका हुन भने नवीन घर्ती मगरले सम्पादन गरेका छन । ईश्वर थपलिया प्रोडक्सन म्यानेजर रहेको उक्त गीतको अडियो तथा भिडियो शैली क्रियसन प्रा.लिको आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।