काठमाडौं, साउन २९ । नेकपा (एमाले) स्कूल विभागले नियमित कक्षा सञ्चालन गर्ने भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली प्रमुख रहेको विभागले पार्टीका नेता तथा कार्यकर्तालाई १४ विषयमा नियमित कक्षा सञ्चालन गर्न थालिएको हो।भदौ १५ गतेदेखि केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी, जनवर्गीय सङ्गठन, सांसदलाई नियमित कक्षा सञ्चालन गर्ने विभागका सचिव ईश्वरी रिजालले जानकारी दिनुभयो । उहाँले प्रशिक्षण पाठ्यक्रमलाई विभागका सबै सदस्यले अध्ययन गरी तीन दिनभित्र आफ्ना सुझाव प्रस्तुत गर्ने र प्राप्त सुझावका आधारमा रामबहादुर थापा, शङ्कर पोखरेल, प्रदीप ज्ञवाली र रिजालले उक्त पाठ्यक्रमलाई परिस्कृत गरिने जानकारी दिनुभयो ।
स्कुल विभागका सदस्य एवं विज्ञ प्रशिक्षकको विषयगत सूची तयार पार्न विभागका सचिव रिजाल र सदस्य घनश्याम कोइरालालाई जिम्मेवारी प्रदान गरिएको छ ।
सचिव रिजालका अनुसार समसामयिक पार्टी दृष्टिकोण, पार्टी एकता र असफलता कारण, एमालेको पुनःस्थापना अन्तरविरोध र भविष्य, माक्सवादी दर्शन र आर्थिक सामाजिक रुपान्तरण, जनताको बहुदलीय जनवाद (जबज), सङ्गठन निर्माण र परिचालन, सरकार र पार्टीबीचको अन्तरसम्बन्ध, केपी ओली नेतृत्वका सरकारको नीति, काम र उपलब्धि, आर्थिक वर्ष २०७८/२०७९ नीति कार्यक्रम र बजेट, सूचना र सञ्चार, नेपाली समाज परिचय, साँस्कृतिक रुपान्तरण आगामी निर्वाचन र विजयका आधार विषयमा नियमित कक्षा सञ्चालन गरिने छ।













प्रतिक्रिया दिनुहोस्