जनता टाइम्स

२ असार २०७६, सोमबार १२:५४

क्यावात ! मेयर शंकर राई : आफूलाई गाडी किन्ने पैसाले जनतालाई जस्तापाता


मोरङ, असार २

मोरङको लेटाङ नगरपालिकाका मेयर शंकर राईले आफु निर्वाचित भएर आएसँगै ‘मेरो सुविधा कटाई देऊ, नगरबाट फुसको छानो हटाईदेऊ’ भन्ने अभियान सञ्चालन गर्नुभयो । अभियान अघि बढाउन उहाँले आफनो सुबिधाका लागि आएको गाडी किन्ने पैसासमेत नगरभित्रका फुसको छाना भएका घरमा जस्तापाता लगाईदिने अभियानमा खर्च गर्नुभयो । यो अभियान शुरु गरे यता ६५ प्रतिशत घरमा जस्ता हाल्ने काम सकिएको छ । बाँकी ३५ प्रतिशत घरमा आगामी आर्थिक वर्षमा सकिने मेयर राईको बिश्वास छ ।

‘आगामी आर्थिक बर्षमा बाँकी घरमा पनि जस्ता पाता पुग्छ,’ मेयर राई भन्नुहुन्छ । मोरङको उत्तरी क्षेत्रमा अबस्थित लेटाङ नगरपालिकामा ४ सय १९ अति विपन्न समुदायको पहिचान गरी जस्तापाता वितरण कार्यक्रम शुरु गरिएको हो । नगरपालिकाको समुदाय लक्षित कार्यक्रम अन्र्तगत नगरलाई समृद्घ नगरका रुपमा विकास गराउने लक्ष्यका साथ प्रत्येक वडाका वडा अध्यक्षको सहकार्यमा नगरका ९ वटा वडाका प्रतिघरधुरी परिवारलाई प्रतिपरिवार ३५ हजार मुल्य वरावरको जस्ता पाता वितरण गरिएको हो ।

‘मेरो सुविधा कटाई देऊ, नगर वाट फुसको छानो हटाईदेऊ’ भन्ने नगर प्रमुखको अभियानलाई सार्थकता बनाउन सवैले साथ दिएका छन । नगर कार्यपालिकाले सुविधाभोगी भन्दा पनि जनभोगी काम गर्ने प्रमुखको सपनालाई सार्थक तुल्याउन सवैको सहमतिमा यो अभियानलाई अगाडि लैजाने निर्णय गर्दै अति विपन्न समुदायको पहिचान गरी जस्तापाता वितरण अभियानको थालनी नगर प्रमुख राईले बताउनुभयो ।

लेटाङ नगपालिकाको ७० प्रतिशत भु–भाग दुर्गम र ३० प्रतिशत मात्र सुगम रहेको छ । अधिकाश परिवारमा रोजीरोटी कै समस्या रहेको हुँदा घर निर्माण भन्दा पनि दैनिकी गर्जो टार्न परिश्रम गर्नेको वाहुल्यता रहेको छ । नगरमा नगर प्रमुखको यो सोच र सपनाले अधिकांश जनताले स्थानीय सरकार भएको अनुभुति गर्न पाउने गरी भएको नगरकै गौरवको अभियानको रुपमा रहेको नगर प्रमुखको अभियानलाई सवैले मुक्तकण्ठले प्रशंसा गरिरहेका छन् । यो अभियान बुझ्ने र थाहा पाउँने जो कोहीले भनिरहेका छन् मेयर हुनु त शंकर राई जस्तो ।

देश संघीयतामा गएसँगै जनप्रतिनिधिहरुले जनताको सेवा गर्ने नाममा महंगा र बिलासिताका गाडी खरिद गरिरहेको अवस्थामा मेयर राई भने आफुले पाएको सुविधाको उपभोग नगरी जनताको फुसको छानो हटाउने अभियानमा लागि पर्नुभएको छ । नेपाल सरकारका सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले उपलब्ध गराउँनु भएको पुरानो गाडी मर्मत गरेर चढ्दै आउँनु भएको छ उहाँ ।

नगरलाई समुद्घ नगरका रुपमा विकाश गराउने अफ्नो सपना भएकाले सो पूरा गर्न आफु सेवा भोगी भन्दा पनि जनमुखी कार्यक्रम आगामी दिनहरुमा ल्याउन प्रयत्नरत रहेको राईले बताउनु भयो । कतिपय वडाहरुमा खानेपानी, विद्युत लगायत अन्य विकासका आधारभूत आवश्यकताहरु रहेकाले आफुहरुले कुनै विलासी जिवनशैली नपनाई काम गर्ने प्रतिवद्धता समेत जनाउनु भयो ।

नगरमा नगर प्रमुखको यो सोच र सपनाले अधिकांश जनताले स्थानीय सरकार भएको अनुभुति गर्न पाउने गरी भएको नगरकै गौरवको अभियानको रुपमा रहेको नगर प्रमुखको अभियानलाई सवैले मुक्तकण्ठले प्रशंसा गरिरहेका छन् । यो अभियान बुझ्ने र थाहा पाउँने जो कोहीले भनिरहेका छन् मेयर हुनु त शंकर राई जस्तो 

यो अभियानमा सामुदायिक वनले जस्ता पाताको छानो लगाउन नगरको अभियानमा साथ दिदै आफ्ना उपभोक्ताहरुलाई निःशुल्क काठ दिएर सहयोग गर्दै आएको छ । वितरण कार्यक्रमलाई पारर्दशी वनाउनका लागि नगरपालिकाले स्थानीय वडाहरुको समन्वयमा ५ बुँदे आधारपत्रको निर्माण गरी घरपरिवारको छनौट गरको हो ।

आधार पत्रमा ५ बर्षसम्म लगातार फुसको छानामा वसोवास गर्दै आएको, बालबालिकाहरुलाई विद्यालयमा अनिवार्य रुपमा भर्ना गराएको, स्थानीय रुपमा वसोवास गरेको, अनिवार्य रुपमा नेपाली नागरिकता भएको लगायत रहेका छन ।