काठमाडौँ, साउन ३० । अनेरास्ववियुकी नेता सुनिता बरालद्वारा लिखित ‘समृद्धि प्रतिको संकल्प’ नामक पुस्तकको विमोचन गरिएको छ। शनिबार राजधानीको बागबजार स्थित होटेल हार्दिकमा एमालेका महासचिव इश्वर पोखरेलले उक्त पुस्तक विमोचन गर्नुभएको हो ।
पोखरेलले नेता बरालको लेखनको प्रसंशा गदै आगामी दिनमा थप प्रगतिको कामना समेत गर्नुभएको छ । साथै महासचिव पोखरेलले ‘समृद्धि प्रतिको संकल्प’ लाई लिएर केही वैचारिक तर्कहरू अघि सार्नुभएको थियो । उहाँले भन्नुभयो , ‘सुनिताजिलाई पुस्तकका लागि बधाई छ। यस पुस्तकमा विभिन्न विषयहरू समावेश गर्नु भएको छ। सबै विषयहरू गहन छन्। त्यसैमा पनि गणतन्त्र, लोकतन्त्र, बहुदलीय जनवादका बारेमा पनि केही प्रसँगहरु उठाउनु भएको छ।’ उहाँले अगाडी भन्नुभयो , ‘शासन जे सुकै भएपनि त्यो शासनले जनतालाई सेवा प्रवाह कसरी गरिरहेको छ ? त्यसले महत्वपूर्ण अर्थ राख्छ। विचार र व्यवहारबीचको मेल छ कि छैन ? भन्ने कुराले अर्थ राख्छ। सुनिताजिले यस पुस्तकमा समृद्धि, विकास, राजनीति, वाद विचारहरूका बारेमा आफ्ना दृष्टिकोणहरू अघि सार्नु भएको छ। ‘
महासचिव पोखरेलले पुस्तक केही पहिला नै सार्वजनिक भएको भए अझै राम्रो हुने बताउनु भयो । ‘सामाजिक न्यायका बारेमा आफ्ना कुराहरू राख्नु भएको छ। यो पुस्तकमा रहेका कुरालाई समयसापेक्ष रुपमा सम्पादन गरेर प्रकाशित गरेको भए झन् राम्रो हुने थियो भन्ने मलाई लागेको छ। आगामी दिन यस प्रकारका पुस्तकहरू सार्वजनिक गर्दा ख्याल गर्नुहोला भन्न चाहन्छु,’ महासचिव पोखरेलले भन्नुभयो । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले नेता बरालको किताबमाथि राजनीतिक, वैचारिक र दार्शनिक रुपमा टिप्पणी गरेका थिए।












प्रतिक्रिया दिनुहोस्