जनता टाइम्स

२ असार २०७६, सोमबार १३:३८

योगी आदित्यनाथलाई बर्खास्त गर्न माग


नयाँदिल्ली, असार २

उत्तर प्रदेशमा योगी आदित्यनाथलाई बर्खास्त गर्न माग गरिएको छ । पीएसी (प्रोविंशियल आर्म्ड कॉन्स्टेब्युलरी) का कन्सटेबल मुनीश यादवलाई उहाँले बर्खास्त गरेपछि उहाँले आफ्नो बर्दीसँगै रातो समाजवादी टोपी लगाएर जिल्ला कलेक्ट्रेटमा एक प्लान लिएर पुग्नुभएको थियो ।

उहाँको त्यो टोपीमा लेखिएको थियो, योगीलाई बर्खास्त गर । भारतीय संच्चारमाध्यम एनडी टिभिका अनुसार मुनीश यादवले मिडियासँग कुरा गर्दे भन्नुभउको छ, उहाँलाई राज्य सरकारले बर्खास्त गर्नुपर्यो । किनकि उहाँले कानुन र व्यवस्था कायम राख्न बिफल हुनुभएको छ ।

उहाँले भन्नुभएको छ, म जिल्लाअधिकारीको माध्यमबाट राज्यपालको यस सम्बन्धमा ज्ञापन पत्र बुझाउन आएको थिए । तर जे.बी सिंहले भन्नुभएको छ, कन्सटेबल मुनीशले जिल्ला अधिकारी सँग भेट्नुभएको छैन । तर उहाँले मिडियाकर्मीसँ भने घटनाको बारेमा जानकारी दिनुभएको छ । हाल मुनीश यालवलाई नोएडामा राखिएको छ ।