जनता टाइम्स

२ असार २०७६, सोमबार १३:५३

समस्या बुझ्दै मतदाताको घरघरमा सांसद महेश बस्नेत पुगेपछि…


भक्तपुर, असार २

‘चुनाव जितेपछि आउँदैन भन्ने नसोच्नु होला, महिनामा एक पटक त पक्कै आइपुग्छु तपाईको टोलमा बिकाशको अभियान लिएर, मलाई कहिल्यै जितेर गयो, फर्केर आएन भन्ने गुनासो सुनाउन पाउनु हुनेछैन,’ चुनावको बेला नेकपाका युवा नेता महेश बस्नेतले भन्नुभएको थियो । बस्नेतको त्यो बाचालाई कतिपयले पत्याएनन । सवै यस्तै भन्छन चुनावको बेला भन्दै जवाफ फर्काए । तर महेश बस्नेतले आफ्नो बाचालाई ब्यवहारमै लागू गरेर भक्तपुर २ का मतदातालाई जनप्रतिनिधि यस्तो हुनुपर्छ भन्ने अनुभुति दिलाउनु भएको छ ।

त्यसैको परिणाम चुनाव जितेर जाने जनप्रतिनिधिको पाँच बर्षसम्म मुख देख्न पाइँदैन भन्ने आम मतदाताको गुनासो भक्तपुर–२ का मतदाताले अहिलेसम्म गर्नुपरेको छैन । मतदाता खोजीखोजी बिकाशमा कहाँ समस्या छ भन्दै सांसद महेश बस्नेत आफै पुगिरहनुभएको छ टोलटोलमा । कहिले राजमार्ग सफाइको अभियान लिएर पुगेका छन त कहिले हनुमन्ते खोलाको बितण्डा नियन्त्रण त कहिले सार्वजनिक जग्गाको खोजी अभियान लिएर मतदातामाझ बस्नेत पुग्ने गर्नुभएको छ । समृद्ध भत्तःपुर निर्माण हाम्रै पालामा भन्ने नारा अघि बढाउनु भएका बस्नेतले हरेक दिन कम्तीमा पाँच ओटा टोलमा पुगेर जनताको समस्या सुन्दै समाधानको बाटो पहिल्याउने गर्नुभएको छ ।

‘अहिलेसम्म उहाँ (महेश बस्नेत) लाई जनताको घरदैलो र टोलमा जान चुनाव आउनु पर्दैन, आफ्नो क्षेत्रका जनताले बिलौना गर्नु पर्दैन भन्ने प्रमाणित गर्नुभएको छ,’ बस्नेतका मतदाता भन्छन । त्यसो त बस्नेत चुनावी अभियान भन्दा पनि बढी मतदातामाझ पुग्न थाल्नुभएको छ । मतदाताको सुख, दुःख र टोलमा रहेका समस्याहरु बुझ्न जाने र समस्या समाधान गर्न पहल गर्ने बानीलाई आफ्नो जीवनशैली बनाउनु भएकोछ बस्नेतले ।

शनिवार मात्रै बस्नेतले मध्यपुर थिमी नगरपालिका वडा नं २ कौशलटारबाट सूर्यबिनायक नगरपालिका बालकोट जाने पुलसंगैका स्थानीय टोल बासिन्दाहरुको इच्छा र निमन्त्रणा अनुसार उहाँहरुकै टोलमा गई समस्या बुझ्नु भयो ।

सो टोलमा रहेका समस्या र मागको विषयमा जनकारी लिनुको साथै जतिसक्दो छिटो पूरा गर्ने प्रतिवद्धता पनि बस्नेतले जनाउनु भयो । सांसद बस्नेतका सहयोगीसमेत रहनुभएका सोही क्षेत्रका मतदाता दिनेश थापाका अनुसार बस्नेत हरेक दिन आफै योजना बनाएर मतदातालाई सरप्राइज दिन टोल टोलमा पुग्ने गर्नुभएको छ ।