जनता टाइम्स

२ असार २०७६, सोमबार १४:२९

कुलमानको ताकेताले गर्यो काम, तीब्र गतिमा अघि बढदै माथिल्लो तामाकोशी


काठमाडौं, असार २

स्वदेशी लगानीमा दोलखामा निर्धाणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजना तिब्र गतिमा अघिबढेको छ । अत्यन्तै जटिल र चुनौतीपूर्ण मानिएको तल्लो ठाडो सुरुङमा आइतबार सफलतापूर्वक पाइप जडान भएको छ ।

पहिलो पाइप सफलतापूर्वक राखिएकाले तल्लो ठाडो सुरुङमा पाइप राख्ने विषयमा रहेको अन्यौलता हटेको बताइएको छ । पेनस्टक पाइप आपूर्ति तथा जडानको ठेक्का पाएको भारतीय कम्पनी टेक्स्म्याकोले काम गर्न ढिलाई गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा इलेक्ट्रोमेकानिकलको ठेकेदार अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको छ।

अपर तामाकोसी हाइड्रोपावर लिमिटेड, टेक्सम्याको र एन्ड्रिजबीच गत २३ पुसमा आयोजनालाई थप वित्तीय भार नपर्ने गरी यो काम गर्न त्रिपक्षीय सम्झौता भएको थियो। लामाबगरमा रहेको बाँधमा फिनिसिङको सानातिना काम भइरहेको छ। सुरुङ,प्रसारण लाइन निर्माणको काम समानान्तर रुपमा अगाडि बढिरहेको छ। सबै संरचनाहरु निर्माणको अन्तिम चरणमा छन्।