जनता टाइम्स

२ भाद्र २०७८, बुधबार १५:०२

यसकारण सन्दीप लामिछानेले गुमाउँदैछन् सीपीएल


काठमाडौं, भदौ २ । नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेट गुमाउनुहुने भएको छ । राष्ट्रिय टिममा व्यस्त हुने भएको कारण सन्दीपले सीपीएल गुमाउनुहुने भएको हो । सन्दीप ट्रीनबागो नाइट राइडर्समा आबद्द हुनुहुन्थ्यो । सीपीएलले सार्वजनिक गरेको सहभागी टिमको खेलाडी सूचीमा पनि सन्दीपको नाम भने छैन ।

२०२१ को सीपीएल क्रिकेट यही अगस्ट २८ बाट सुरु हुँदैछ । अबको १० दिनमा क्रिकेट सुरु हुन्छ । तर, सीपीएलकै समय नेपाली टिम ओमान भ्रमणमा जाने पक्का भएपछि सन्दीपले सीपीएल नखेल्ने हुनुभएको हो । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपालले ओमानको भ्रमण गर्ने तालिका रहेको छ ।

सिरिज अघि नेपाली टोलीले पपुवा न्युगिनी (पीएनजी) सँग दुई खेलको एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट सिरिज खेल्ने छ ।सन्दीपले यसअघि तीन सिजन सीपीएल खेलिसक्नुभएको छ । सन्दीपले गत सिजन जमैका तलावाजबाट खेलेका थिए । त्यसअघि सन्दीपले सेन्ट किट्स एण्ड नेभिस प्याट्रीओट्स र बार्बाडोस ट्राइडेन्ट्सबाट खेल्नुभएको थियो । सन्दीपले यसअघि भिषा समस्याको कारण द हन्ड्रेड क्रिकेट र भाइटालिटी टी(ट्वान्टी ब्लास्ट क्रिकेट गुमाउनुभएको थियो ।