जनता टाइम्स

२ भाद्र २०७८, बुधबार १६:५५

जसपा (लोकतान्त्रिक) दर्ता हुँदै, महन्थ पक्ष निर्वाचन आयोगमा


काठमाडौं, भदौ २ । जनता समाजवादी पार्टी औपचारिक रुपमा फुटेको छ । महन्थ ठाकुर समुहले जनता समाजवादी पार्टी लोकतान्त्रिक नाममा नयाँ दल निर्वाचन आयोगमा दर्ता गर्न निवेदन दिनुभएको छ ।

यससँगै औपचारिक रुपमा आजबाटै जसपा फुटेको हो । २४ जना कार्यकारिणी सदस्यको हस्ताक्षरसहित महन्थ समुहले आयोगमा निवेदन दिएको हो । दल दर्ता गरी साइकल चुनाव चिन्ह माग गरिएको छ । आफूहरुको पक्षमा १५ जना संसद रहेको नेता राजेन्द्र महतोले जानकारी दिनुभयो ।