जनता टाइम्स

३ भाद्र २०७८, बिहीबार १८:५५

एमालेबाट अलग हुनसाथ माधवलाई सत्ताको लाभ, बागमति प्रदेश प्रमुखमा यादव शर्मा सिफारिस


काठमाडौं, भदौ ३ । सरकारले वागमती प्रदेश प्रमु्ख विष्णु प्रसाईलाई हटाएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले प्रसाईलाई हटाएर माधव नेपाललाई लामो समयदेखि सघाउँदै आउनुभएका संखुवासभा निवासी यादवचन्द्र शर्मालाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

एमाले विभाजन गरेर अर्को पार्टी खोल्नेबित्तिकै गठबन्धन सरकारले माधवलाई सत्तामा जिम्मेवारी दिन शुरू गरेको छ । शर्मा माधव नेपाल प्रधानमन्त्री हुँदा प्रमुख स्वकीय सचिव हुनुहुन्थ्यो भने नेपाल एमाले महासचिव रहँदासम्म पनि पिए नै हुनुहुन्थ्यो । माधवले एमालेमा सत्ता सम्हालेपछि शर्माले निरन्तर सघाउँदै आउनु भएको थियो ।