बाजुरा, भदौ ३ । नेकपा एमाले छोडेर माधव कुमार नेपाल बाहिरिएपनि बाजुरामा त्यसको प्रभाव नपर्ने निश्चित भएको छ । जिल्लाबाट संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने तीन जना सांसद र पूर्व मन्त्री कर्णबहादुर थापा चारै जना संस्थापन तर्फ एमालेमा देखिएका छन् ।
नेकपा एमाले प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापा सहित प्रतिनिधि सभा सदस्य एवं एमाले केन्द्रीय सदस्य लालबहादुर थापा यस अघि नै ओली पक्षमा हुनुहुन्थयोे भने प्रदेश सभा सदस्य बल्देव रेग्मी प्रदेश सभामा मुख्य मन्त्रीले विश्वासको मत लिने क्रममा ओली पक्षमा खुल्नुभएको थियो । यस्तै नेकपा एमाले केन्द्रीय सदस्य एवं एमाले सुदूरपश्चिम संसदीय दलका नेता प्रकाश शाह पनि भीम रावलले माधवको साथ छोडेपछि ओली नेतृत्वकै एमालेमा रहने संकेत देखिएको छ ।
आर्थिक मामिला मन्त्री समेत रहेका शाहले भीम रावलकै बाटो रोज्ने प्रतिक्रिया दिनुभएको छ । तीन जना केन्द्रीय सदस्य प्रदेश सभा सदस्य र जिल्ला अध्यक्ष कालीबहादुर शाही सहीतको सिंगो टीम ओली नेतृत्वकै एमालेमा देखिएपछि बाजुरामा फुटको कुनै प्रभाव देखिएको छैन् । सामान्य जिल्ला तहका केही नेता कार्यकर्ता व्यक्तिगत रिस र नेता बन्ने रहरका कारण माधव पक्षमा उभिएपनि सिंगो जनमत ओलीकै पक्षमा देखिने निश्चित भएको छ ।
भीम रावलसहित माधव पक्षमा भएकै बेला पनि बाजुरामा थोरै नेता कार्यकर्ता मात्र माधव पक्षमा खुलेका थिए । केही नयाँ युवा अनुहार र केहीलाई योजना दिने आश्वासनसहित नेपाल पक्षमा खुल्न लगाएपनि सूर्य चिन्ह र ओली छोड्न जिल्ला तहका नेताहरु पनि तयार त्यो बेला नै थिएनन् । नेकपा एमालेले जितेका तीन वटा स्थानीय तह मध्ये पनि गौमुलका हरिबहादुर रोकाया र जगन्नाथका अध्यक्ष कालीबहादुर शाही ओलीकै पक्षमा हुनुभएको थियो भने स्वामिकात्र्तिक खापर गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाही पनि स्वतन्त्र बस्नुभएको थियो । हाल शाहीले पनि ओली नेतृत्वको मुल धारमै खुलिसकेको श्रोतको दाबी छ ।
पूर्व सांसद हिक्मत जंग शाही पनि माधव पक्षमा नजाने पक्षमा हुनुहुन्छ । जिल्ला तहमा पहिलो पुस्ताका पुराना नेताहरु रंगमान शाही, अजबहादुर मल्ल, नन्दबहादुर शाही, दयाबहादुर शाही ओली पक्षमै उभिनुभएको छ । तत्कालिन नेकपा एमाले जिल्ला उपसचिव गगन रावल मावध पक्षको सामानान्तर कमिटीको अध्यक्ष बनेपनि भीम रावल र प्रकाश शाह निकट भएकोले ओली पक्षमै रहने श्रोतको दाबी छ । रावलले तत्काल निर्णय नलिने र नेताहरुसँगको परामर्श पछि खुल्ने संकेत गर्नुभएको छ ।
जिल्ला तहका नेताहरु मिनबहादुर विष्ट, बसुन्धरा रोकाया, लालबहादुर ओली, जनक कुमार बोहरा, पेम्बा गुरुग भोटे, भरत थापा, अमर खड्का, काशी विक, रामबहादुर बाँनीया, जनक विष्ट, दिपक रावत, विष्णु अयडी, दीलबहादुर रावल ओलीकै पक्षमा रहनुभएको थियो ।
यस्तै पूर्व माओवादीका जिल्ला इन्चार्ज सहदेश बोगटी, जिल्ला अध्यक्ष भरत बुढा, प्रदेश सदस्य मनलाल खत्री, कार्यालय सदस्य अर्जुन रोकाया सहीतका नेताहरु पनि ओलीकै पक्षमा रहुनुभएको थियो ।
संस्थापक नेता मध्येका चन्द्रबहादुर थापा बीचमा मौन बसेपछि ओलीकै पक्षमारहेको बुझीएको छ । तत्कालिन एमालेको २१ सदस्यीय सचिवालय कमिटी मध्ये गगन रावल र पुरबहादुर रावत मात्र माधव पक्षमा खुल्नुभको थियो । हालसम्म जिल्ला तहका नेता मध्ये पुरबहादुर रावतले मात्र आफू माधव नेतृत्वको एमाले समाजवादी पार्टीमा लाग्ने अभिव्यक्ति दिनुभएको छ । यस्तै नेता नेताको छवी बनाएका नरेश शाही पनि माधव पक्षमै रहनुभएको छ ।
समग्रमा जिल्लामा जनवर्गिय संगठनका नेता, युवा पक्ति सिंगो ओलीकै पक्षमा उभिएको छ । फुटेले मानसिक रुपमा प्रभाव पारेपनि जनमतमा कुनै असर नपर्ने एमाले नेताहरुले बताउने गरेका छन् । भने पूर्व माओवादीको पक्तिले थप जनमत थपिएको नेताहरुको दाबी छ । माओवादीले पाएको करिब ५ हजारको संख्याको समानुपातिक मतमा ओली नेतृत्वमा एमालेमा २ हजार बढीको संख्यामा जनमत थपिएको दाबी नेताहरुको छ । अझै बढाएर लैजाने र गठबन्धनको जस्तै जनमत ओली नेतृत्वको एमालेमा हुने जिल्ला नेतृत्वको दाबी छ ।













प्रतिक्रिया दिनुहोस्