काठमाडौं, भदौ ४ । सभामुख अग्निप्रसाद एमाले सांसदसँग फेस गर्न नसकी कार्यालयमै नजानुभएको पाइएको छ । एमालेका सांसदहरू पार्टीले कारवाही गरेका माधव नेपालसहित १४ जनालाई पदमुक्त गरेको सूचना टाँस्न दबाब दिँदै कार्यालय शुरू हुनासाथ आफ्नो कार्यकक्षमा पुगेको खबर पाएपछि सभामुख सापकोटा आज कार्यालय नजानुभएको हो ।
एक घण्टा पर्खिदा पनि सभामुख नआएपछि एमाले सचेतक शान्ता चौधरीले उहाँलाई फोन गर्नुभएको थियो । सचेतक चौधरीसँगको कुराकानीमा सापकोटाले आज कार्यालयमै नआउने जानकारी दिएपछि एमाले सांसदहरु बाहिरिनु भएको छ । ‘म आज कार्यालय आउँदिन,’ सचेतक चौधरीसँगको टेलिफोन संवादमा सभामुख सापकोटाको भनाई थियो ।
सभामुख सापकोटाले कानून भन्दा बाहिर गएर एमालेले कार्वाही गरेको सांसदको सूचना टाँस नगरेपछि बिहीवारबाट एमाले सांसदहरुले दवाव दिन सुरु गरेका हुन । बिहीवार सभामुखसँग निकै कडा रुपमा प्रस्तुत भएका एमाले सांसदहरु आज पनि पुन आफ्नो कार्यकक्षमा आएको जानकारी पाएपछि सभामुख कार्यालयमै नआउनु भएको हो । एमालेले माधवसहित १४ जनालाई कारवाही गरेर सांसदबाट पदमुक्तको सूचना संसद सचिवालय र निर्वाचन आगयोमा भदौ १ गते पत्र पठाएको थियो ।
राजनीतिक दलसम्बन्धी ऐन अनुसार संसद अधिवेशन नचलेको बेला दलले गरेको कारवाहीको सूचना तत्काल संसदको सूचना पाटीमा टाँस्नुपर्नेमा सभामुख सापकोटाले गैरकानूनी काम गरेर एमाले फुटाउने मतियारको भूमिका खेलिरहनु भएको एमालेको भनाई छ । सभामुख सापकोटाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले जसरी पनि रोक्न आदेश दिएपछि कानूनबिपरित काम गरिरहनु भएको छ ।













प्रतिक्रिया दिनुहोस्