जनता टाइम्स

२ असार २०७६, सोमबार १६:५९

बझाङमा जिप दुर्घटना ६ जनाको मृत्यु


बझाङ ।

बझाङमा भएको जीप दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । सदरमुकाम चैनपुरनजिकै रहेको डुङ्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको स. १ ज १०७२ नम्बरको जीप डौठी भन्ने ठाँउमा दुर्घटना भएको हो ।

दुर्घटनामा परि एक बालक, दुई महिला र तीन जना पुरुषको ज्यान गएको वडा प्रहरी कार्यालयले जानकारी दिएको छ । दुर्घटनामा ज्यान गुमाउनेको सनाखत हुन बाँकी छ । जीप अप्ठेरो ठाँउमा खसेको र मान्छेसमेत जान नसक्ने भएका कारण उद्धार गर्न निकै चुनौती रहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा पर अन्य ६ जना गम्भिर घाइते भएका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।