जनता टाइम्स

६ भाद्र २०७८, आईतवार १९:३०

माओवादी केन्द्रले तोक्यो प्रदेश इन्चार्ज, कुन प्रदेशमा कस्ले पाए जिम्मेवारी ?


काठमाडौं, भदौ ५ । नेकपा माओवादी केन्द्रले ६ वटा प्रदेशमा इन्चार्ज तोकेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी कमिटी बैठकले प्रदेशका इन्चार्ज र पदाधिकारी तोकेको हो ।

माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार माओवादीले प्रदेश २ मा गणेश साहलाई इन्चार्जको जिम्मेवारी दिएको छ भने बागमतीमा हितमान शाक्य र गण्डकीमा हितराज पाण्डे र लुम्बिनीमा चक्रपाणी खनाललाई इन्चार्ज तोकेको छ । यसैगरी कर्णालीको इन्चार्जमा शक्ति बस्नेत र सुदूरपश्चिममा खगराज भट्टलाई जिम्मेवारी दिइएको छ । प्रदेश १ को इन्चार्जको भने टुंगो लाग्न बाँकी छ ।